काठमाडौं । बिहीबार सुनको भाउ घटेको छ । दशैभन्दा पहिला सुन तोलामा ९५ हजार ७०० रुपैयाँ थियो । तर, विहीबार सुन तोलामा एक हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसअघि कात्तिक ६ गते सुन तोलामा ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बिहीबार तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य एक हजार एक सय ८० रुपैयाँ रहेको महासंघले जनाएको छ । कात्तिक ६ गते चाँदीको मूल्य प्रतितोला १२३० रहेको थियो ।