काठमाडौं । शुक्रबार सुनको भाउ ओरालो लागेको छ । यसदिन सुन तोलामा २०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले गिरावट भएको थियो ।
शुक्रबार चाँदीको भाउ भने स्थिर रहेको छ । यस दिन चाँदी बिहीबारकै मूल्य प्रतितोला एक हजार १८० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।
अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउमा सामान्य गिरावट देखिएको छ ।