Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सातदोबाटो प्रहरीको एक्सनः ११ लाख ५५ हजार नगद सहित १८ जना जुवाडे पक्राउ

सातदोबाटो प्रहरीको एक्सनः ११ लाख ५५ हजार नगद सहित १८ जना जुवाडे पक्राउ

दैनिकी न्यूज

१६, कार्तिक २०७७
सातदोबाटो प्रहरीको एक्सनः ११ लाख ५५ हजार नगद सहित १८ जना जुवाडे पक्राउ
images

ललितपुर । ललितपुर प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ चाङ्गाथलीमा शंकर बस्नेतको दुई तले पक्की घरमा जुवातास खेलीरहेको अवस्थामा शनिबार राति १८ जुवाडेलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर जिल्ला सुर्यविनायक–२ का वर्ष ४९ का सुरेश पौडेल, वर्ष ४३ का पुर्ण कृष्ण श्रेष्ठ, वर्ष ३६ का विकास श्रेष्ठ, वर्ष ४३ का केशव बस्नेत, वर्ष ५७ का मधुसुदन महत, वर्ष ४३ का पवन खत्री वर्ष ५४ का श्याम कायस्थ रहेका छन् ।

त्यस्तै पक्राउ पर्नेमा अन्यमा ललितपुर, महालक्ष्मी–५ का वर्ष ५४ का भुवन रानामगर, बेल बहादुर बुढाथोकी, वर्ष ४६ का शिवबहादुर बुढाथोकी, वर्ष ४३ का सन्तोष रानामगर, महालक्ष्मी–७ का वर्ष ४३ दिप श्रेष्ठ, वर्ष ५४ का शंकर बस्नेत, वर्ष ४५ का भरत थापा, वर्ष ४० को राजाराम बस्नेत, वर्ष ५० को राजन महर्जन र काठमाडौ–३२ का वर्ष ४९ का गोकुल खड्का रहेको महानगरी प्रहरी वृत्त सातदोबाटोले जनाएको छ । राजाराम बस्नेत साविक वाइसियल महालक्ष्मी नगर कमिटिका अध्यक्ष थिए । शिवबहादुर बुढाथोकी महालक्ष्मी–५ टीकाथलीका वडा सचिव हुन् ।

महानगरीय प्रहरी प्रभाग लुभुमा कार्यरत प्रहरी जवना अपिल विश्वकर्मालाई पनि पक्राउ गरिएको परिसर प्रमुख टेकप्रसाई राईले बताए । विश्वकर्मा पनि जुवा खेलाउन सहयोगीको भूमिका निर्वाह गरेको आशंकमा नियन्त्रणमा लिएको उनको भनाई छ ।

प्रहरी निरीक्षक श्यामकुमार कट्वालको नेतृत्वमा खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुको साथबाट प्रहरीले ११ लाख ५५ हजार ५७५ नगद र जुवातास खेल्न प्रयोग गरेको १६ पिस कौडा समेत बरामद गरेको वृत्त सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माले जानकारी दिए ।

विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको डिएसपी शर्माको भनाई छ । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १६, २०७७ आइतवार - ०८:२३:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology