Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पूर्वमन्त्री खोभारी राय यादव जुवाखालबाट पक्राउ

पूर्वमन्त्री खोभारी राय यादव जुवाखालबाट पक्राउ

दैनिकी न्यूज

१६, कार्तिक २०७७
पूर्वमन्त्री खोभारी राय यादव जुवाखालबाट पक्राउ
images

काठमाडौँ । पूर्वराज्यमन्त्री खोभारी राय यादव जुवाखालबाट पक्राउ परेका छन् । पूर्वमन्त्री यादवलाई महानगरीय प्रहरी वृत्त, स्वयम्भुले शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

स्वयम्भुस्थित साँइली तामाङको घरबाट जुवा खेलिरहेको अवस्थामा यादवसहित १० जना पक्राउ परेका हुन् ।

पक्राउ पर्ने अन्यमा विक्रम लामा, देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, जीतपुर लामा, पर्वत भण्डारी, कान्छा तामाङ र सबिन लामा पनि रहेका छन् ।

जुवाखालबाट १ लाख ५३ हजार नगद समेत प्रहरीले बरामद गरेको छ । विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

juwa.jpg

images
प्रकाशित मिति :कार्तिक १६, २०७७ आइतवार - १०:४३:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology