Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

पूर्वमन्त्री खोभारी राय यादव जुवाखालबाट पक्राउ

पूर्वमन्त्री खोभारी राय यादव जुवाखालबाट पक्राउ

दैनिकी न्यूज

१६, कार्तिक २०७७
पूर्वमन्त्री खोभारी राय यादव जुवाखालबाट पक्राउ
images

काठमाडौँ । पूर्वराज्यमन्त्री खोभारी राय यादव जुवाखालबाट पक्राउ परेका छन् । पूर्वमन्त्री यादवलाई महानगरीय प्रहरी वृत्त, स्वयम्भुले शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

स्वयम्भुस्थित साँइली तामाङको घरबाट जुवा खेलिरहेको अवस्थामा यादवसहित १० जना पक्राउ परेका हुन् ।

पक्राउ पर्ने अन्यमा विक्रम लामा, देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, जीतपुर लामा, पर्वत भण्डारी, कान्छा तामाङ र सबिन लामा पनि रहेका छन् ।

जुवाखालबाट १ लाख ५३ हजार नगद समेत प्रहरीले बरामद गरेको छ । विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

juwa.jpg

images
प्रकाशित मिति :कार्तिक १६, २०७७ आइतवार - १०:४३:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology