काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । मंगलबार सुन प्रति तोलामा ४०० रुपैयाँ बढेको छ । मंगलबार सुनको मूल्य तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुनको भाउँ ९४ हजार ९०० रुपैयाँ कायम भएको छ ।
सोमबार सुनको भाउ ९५ हजार प्रति तोलामा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ प्रति तोलामा ५ रुपैयाँ बढेर प्रतितोला १२०५ रहेको महासंघले जनाएको छ । तर सोमबार चाँदी चाँदीको भाउ प्रतितोला १२०५ मा कारोबार भएको थियो ।