Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बुधबार ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बुधबार ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१९, कार्तिक २०७७
बुधबार ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । बुधबार सुन प्रति तोलामा ९०० रुपैयाँ बढेको छ । बुधबार सुनको मूल्य तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुनको भाउँ ९५ हजार ८०० रुपैयाँ कायम भएको छ ।

मंगलबार सुनको भाउ ९५ हजार ४०० रुपैयाँ प्रति तोलामा कारोबार भएको थियो ।

7-19.PNG

तर यस दिन चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदीको भाउ प्रति तोला १२०५ रहेको महासंघले जनाएको छ । तर मंगलबार चाँदी चाँदीको भाउ प्रतितोलामा ५ रुपैयाले बढेर १२०५ मा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७७ बुधवार - १०:४८:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology