Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा २२ जुवाडे प्रहरीको फन्दामा

जुवातास खेलिरहेको अवस्थामा २२ जुवाडे प्रहरीको फन्दामा

दैनिकी न्यूज

१९, कार्तिक २०७७
जुवातास खेलिरहेको अवस्थामा २२ जुवाडे प्रहरीको फन्दामा
images

काठमाडौं । छुट्टाछुट्टै स्थानबाट तास खेलिरहेको अवस्थामा २२ जना पक्राउलाई पक्राउ गरेको छ ।

नवलपरासी (पूर्व), कावासोती नगरपालिका–३ माने चोक बस्ने ४३ बर्षीय थाम बहादुर गुरुङको घरमा तास खेलिरहेको अवस्थामा गुरुङ लगायत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९२ हजार ७ सय ३५ रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, बरहथवा नगरपालिका–६ बस्ने ४८ वर्षीय शम्भु सिंहको घरमा तास खेलिरहेको अवस्थामा शम्भु सिंह लगायत ६ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ९ सय ९५ रुपैयाँ, ५ हजार २ सय भारतीय रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–७ ईत्राम बस्ने निर्मला शाहीको घरमा तास खेलिरहेको अवस्थामा निर्मला लगायत ७ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ५६ हजार ६ सय १० रुपैयाँ र ९ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

 

images
प्रकाशित मिति :कार्तिक १९, २०७७ बुधवार - १२:५७:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology