Logo

सोमवार, श्रावण २५ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा २३ जुवाडे पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २३ जुवाडे पक्राउ

दैनिकी न्यूज

२०, कार्तिक २०७७
जुवातास खेलिरहेको अवस्थामा २३ जुवाडे पक्राउ
images

काठमाडौं । छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तनहुँ, शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित सापकोटा होटेलमा जुवा खेलिरहेका ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-११ बस्ने दिपक श्रेष्ठ, दिपक बिक, शंकर शर्मा, कमल थापा, ब्यास नगरपालिका–१० बस्ने मोती कुमार श्रेष्ठ,

बाग्लुङ ढोरपाटन नगरपालिका-४ बस्ने टेक छन्त्याल र पर्वत बालकोट बस्ने रबी गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले नगद १ लाख ९७ हजार ९ सय ५० रुपैयाँ र एक बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो ।

कैलाली, लम्कीचुहा नगरपालिका-७ स्थित कुस्माखर देवकोटाको घरमा जुवातास खेलिरहेका १६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-४ बस्ने ३५ वर्षीय मनि प्रकाश कुमार जैसी, ३१ वर्षीय गणेश प्रसाद न्यौपाने, ५८ वर्षीय चन्द्र प्रसाद न्यौपाने, २५ वर्षीय रमेश विष्ट, ३५ वर्षीय कमल प्रसाद जैसी, ३३ वर्षीय दयाराम न्यौपाने, ३० वर्षीय भानु प्रसाद जैसी, २५ वर्षीय ईश्वर शर्मा, ३१ वर्षीय नरदेव चौलागाईं, सोही नगरपालिका-७ बस्ने २२ वर्षीय देवेन्द्र रावत, ५० वर्षीय तारा ढकाल, ४० वर्षीय रुपानन्द बजगाईं, ३२ वर्षीय राम बहादुर चौधरी, ३० वर्षीय लक्ष्मी आचार्य, ४२ वर्षीय जनक भण्डारी, ३२ वर्षीय कुष्माखर देवकोटा रहेका छन् । ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले तास खेलिरहेको अवस्थामा उनीहरूलाई नगद ५२ हजार ३ सय ९५ रुपैयाँ र २ गड्डी ताससहित फेला पारी पक्राउ गरेको हो ।

images
प्रकाशित मिति :कार्तिक २०, २०७७ बिहिवार - १५:०६:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology