Logo

आइतवार, श्रावण २४ गते २०८३

images

त्रिविले रोकिएका सबै परीक्षा लिने, यसरी हुनेछ परीक्षा

त्रिविले रोकिएका सबै परीक्षा लिने, यसरी हुनेछ परीक्षा

दैनिकी न्यूज

२१, कार्तिक २०७७
त्रिविले रोकिएका सबै परीक्षा लिने, यसरी हुनेछ परीक्षा
images

काठमाडौं । त्रिभुवन विश्‍वविद्यालय (त्रिवि) ले लकडाउन र त्यसपछि रोकिएका सबै किसिमको परीक्षा गराउने भएको छ । कोभिड १९ को संक्रमण फैलन नदिन चैतमा लकडाउन गर्दा रद्द भएका परीक्षाहरु हुन लागेका हुन् । उसले सबै परीक्षा भौतिक रुपमा उपस्थित भएरै गराउन लागेको छ । कोरोना महामारीबीच काठमाडौं विश्‍वविद्यालय (केयू) र पूर्वाञ्चल विश्‍वविद्यालय (पीयू)ले अनलाइनबाट परीक्षा लिइसकेका छन् । तर ८ लाख विद्यार्थी भएको त्रिविले पुरानै शैलीमा परीक्षा लिन लागेको हो । त्रिविमा हुन लागेका परीक्षाबारे जानकारी दिँदै परीक्षा नियन्त्रक पुष्पराज जोशीले नेपाल सरकारले नै परीक्षा लेऊ भनेपछि लिन लागेको बताए । उनले स्‍नातक चौथो वर्षको परीक्षाको कार्यतालिका निकालेको जानकारी दिए । मंसिरको दोस्रो साताबाट सुरु हुने परीक्षा वैशाखसम्ममा सकाउने तयारी छ । स्‍नातक र स्‍नातकोत्तर, वार्षिक तथा सेमेस्टर प्रणाली सबैको परीक्षा हुने उनले बताए । विगतमा एउटा परीक्षा गराउन ९० देखि सय सेन्टर भए पुग्‍नेमा यसपटक दोब्बर नै परीक्षा सेन्टर रहने नियन्त्रक जोशीले जानकारी दिए । भौतिक दूरी कायम गराएर परीक्षा लिँदै छौं । स्वास्थ्यको मापदण्ड हेरेर सेन्टरको संख्या थप गर्छौं । यस्तै, कोरोना संक्रमित विद्यार्थी परीक्षा दिन आउने हो भने त्यस्ता विद्यार्थीलाई सबै विद्यार्थी आइसकेको १५ मिनेटपछि मात्र परीक्षा केन्द्रमा जान दिने उनले बताए । सो संक्रमित विद्यार्थीलाई प्रश्नपत्र दिँदा शिक्षकलाई पनि फेस सिल्ड, स्यानिटाइजरलगायत समग्रीसहित खटाउने उनले बताए । कोरोना संक्रमित विद्यार्थीले पछि परीक्षा दिन्छुभन्दा पनि दिन मिल्ने व्यवस्था गर्न सकिने उनले जानकारी दिए । केयू र पीयूका हजारौँ विद्यार्थी संख्याको दाँजोमा त्रिविमा लाखौं हुने भएकाले अनलाइन या अन्य प्रणालीबाट परीक्षा गराउन नसकिने जोशी बताउँछन् । त्रिवि प्राज्ञिक परिषद्को असोज २७ को बैठकले चौथो वर्षका नियमित तथा आंशिक तथा परीक्षार्थीहरुका लागि यसपटक मात्र आफू बसिरहेको जिल्लामा पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन सक्ने सुविधा दिएको छ । जोशी भन्छन्, “काठमाडौंमा पढिरहेका तथा जिल्लामा बसिरहेका विद्यार्थी कोही परीक्षा दिनबाट नछुटुन् भनेर यस्तो निर्णय गरेको हो । काठमाडौं आउँदा क्‍वारेन्टिन बस्नुपर्ने, भनेका बेला कोठा पाउन नसक्ने हुँदा यही ठीक हो ।” बल्खुस्थित परीक्षा नियन्त्रक कार्यालय अनुसार देशभर मनाङबाहेक ७६ वटा ठाउँमा परीक्षा केन्द्र उपलब्ध छन् । ‘‘आर्थिक दायित्व बढेको छ । अर्को वर्ष परीक्षा गर्ने शैली परिवर्तन हुनसक्छ । पूरै ३ घण्टा परिक्षा हुन्छ, शनिबार र बिदाका दिन पनि परिक्षा गर्छौं,’’ उनले भने । व्यवस्थापन संकायमा मात्रै त्रिविमा २८ वटा प्रोग्राम छन् । मंसिरको तेस्रो साताबाट व्यवस्थापन संकायका परीक्षा हुन लागेको प्रा.डा. सहायक डिन ध्रुवकुमार गौतमले जानकारी दिए । उनले चैतमा लकडाउनअगावै केही विषयका परीक्षा भइरहेको स्मरण गर्दै अधुरो छाडिएका परीक्षा पहिला सक्ने बताए । उनी तिहारअघि रुटिन निकाल्छौं । वर्ष ग्याप नहोस् भनेर महत्त्वपूर्ण परीक्षाहरु पहिले सकाउँछौँ । उनले जिल्लामा बसेका विद्यार्थीले पायकपर्ने ठाउँमा परीक्षा दिन सकिने विषयमा पनि छलफल चलिरहेको तर निर्णय हुन बाँकी रहेको बताए । 

images
प्रकाशित मिति :कार्तिक २१, २०७७ शुक्रवार - १५:५०:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology