Logo

सोमवार, श्रावण २५ गते २०८३

images

तिहारमा देउसी भैलो खेल्न नपाइने

तिहारमा देउसी भैलो खेल्न नपाइने

दैनिकी न्यूज

२३, कार्तिक २०७७
तिहारमा देउसी भैलो खेल्न नपाइने
images

काठमाडौं । नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण देउसी भैलो आयोजना नगर्न निर्देशन दिइएको हो ।

प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक कुवेर कडायतले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाटै देउसी भैलो नखेल्न र नखेलाउन स्पष्ट निर्देशन दिइएको बताए । महानिरीक्षक थापा क्षेत्रीले केही दिनअघि सातवटै प्रदेशका प्रहरी प्रमुख सँगको भर्चुअल मिटिङमा यस्तो निर्देशन दिएको छ । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :कार्तिक २३, २०७७ आइतवार - ०७:०१:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology