Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

दैनिकी न्यूज

२४, कार्तिक २०७७
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
images

काठमाडौं । सरकारले मन्त्रीहरुको आगामी चैतसम्मको तलबको ५० प्रतिशत कट्टा गरी कोभिड–१९ कोषमा जम्मा गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। एक मन्त्रीका अनुसार सरकारले कोभिड संक्रमितको उपचार निशुल्क गर्ने निर्णय गरेको छ। सोहि बैठकले कोभिडको खोप आयात गर्न अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहेको एक समिति गठन गरी त्यसका लागि आवश्यक प्रक्रिया थाल्ने निर्णय पनि गरेको छ। साथै सरकारले बंगलादेशसँग मल खरिद गर्ने र मुलुकमै मल उत्पादनका लागि कारखाना खोल्ने प्रक्रिया सुरु गर्नका लागि अर्थ, परराष्ट्र र उद्योग मन्त्रालयलाई जिम्मेवारी तोकेको छ। साथै किताब आयातमा लगाएको कर समेत सरकारले हटाइएको छ ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७७ सोमवार - २३:२४:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology