Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

दैनिकी न्यूज

२५, कार्तिक २०७७
सवारी दुर्घटनामा परी सात जनाको मृत्यु
images

काठमाडौं । काठमाडौं, चितवन, नवलपरासी (पश्चिम), बारा, सिरहा र डोटीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका–५ थानकोटस्थित सडकमा हाल नम्बर नखुलेको बसको ठक्करबाट बाजुरा माहादेवस्थान घर भएका ४० वर्षीय नबिन लोहारको मंगलबार बिहान मृत्यु भएको छ । तरकारी बोकेर हिँडिरहेको अवस्थामा उक्त बसले ठक्कर दिँदा गम्भीर घाइते भएका लोहारको ओम समाज अस्पताल सतुङ्गलमा उपचारको क्रममा मृत्यु भएको हो । बस सहित फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

चितवन, ईच्छाकामना गाउँपालिका–५ शान्ति बजारस्थित सडकमा ना ७ ख ४२०६ नम्बरको तेल ट्याङकरले बा ९९ प ३०९६ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौं नागपोखरी बस्ने २२ वर्षीय पदम विक्रम थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी (पश्चिम), सुनवल नगरपालिका–५ बनकट्टीस्थित सडकमा लु.१ ख ७१८३ नम्बरको माईक्रोबसले लु १२ प ७८११ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सरावल गाउँपालिका–१ बासा बस्ने ३६ वर्षीय अनिल पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जेनश अस्पताल बुटवल रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । माईक्रो बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा, पचरौता नगरपालिका–९ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई सोही ठाउँस्थित तियर खोलामा खस्दा चालक रौतहट मनहर्वा बस्ने २८ वर्षीय मायाराम महतोको सोमबार राति घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी बारा, करैयामाई गाउँपालिका–५ तेतरियास्थित पुलमा ना २२ प ६८५४ नम्बरको मोटरसाइकल अनियन्त्रित पुलबाट खसेर सोमबार राति दुर्घटना हुँदा सोही गाउँपालिका–३ गालोपटी बस्ने २२ वर्षीय संदेश साह तेलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १ जनालाई सोही अस्पताल हुँदै थप उपचारका लागि न्यूरो अस्पताल वीरगंज पठाइएको छ ।

सिरहा, अर्नामा गाउँपालिका–४ स्थित सडकमा स ३ प ७७१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार लहान नगरपालिका–८ बस्ने ६० वर्षीय राम बिलास साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राउ स्मारक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

डोटी, दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला गाउँ बस्ने ७० वर्षीया पिकेश्वरी विकको से. ५ प ९४६९ नम्बरको मोटरसाइकलले मंगलबार बिहान ठक्कर दिँदा मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको शैलेश्वरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक २५, २०७७ मंगलवार - १३:३८:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology