Logo

आइतवार, श्रावण २४ गते २०८३

images

के गर्‍यो धुम्बाराही बैठकले निर्णय, नेकपा विवाद के हुन्छ ?

के गर्‍यो धुम्बाराही बैठकले निर्णय, नेकपा विवाद के हुन्छ ?

दैनिकी न्यूज

२५, कार्तिक २०७७
के गर्‍यो धुम्बाराही बैठकले निर्णय, नेकपा विवाद के हुन्छ ?
images

काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाउने सहमती दिन कार्यकारी अध्यक्ष प्रचण्डले गरेको प्रस्ताव अस्वीकार गरेका छन् । प्रचण्डले बिहीबार सचिवालयको बैठक बोलाउन लागेको र त्यसमा सहमति दिन मंगलबार ओली समक्ष आग्रह गरेका थिए । तर, बैठकका लागि ओली सहमत भइनसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । प्रधानमन्त्री ओलीलाई भेटेपछि पार्टी मुख्यालय धुम्बाराहीमा बसेको सचिवालयका बहुमत सदस्यको बैठकमा ओलीसँगको भेटबारे प्रचण्डले ब्रिफिङ गरेका थिए । 'गत शनिबार प्रधानमन्त्री एवं अध्यक्षलाई लिखित पत्रसहित भेटेर सचिवालयको बैठक बस्ने कुरामा सहमति जनाउन र तुरुन्त बैठक बस्न अनुरोध गरेका थियौं । योबीचमा बैठक बस्ला भन्ने अपेक्षा थियो । बैठक बसेन । बैठक बस्ने कुरामा उहाँ (ओली)ले सहमति दिनु भएन,’ प्रवक्ता श्रेष्ठले भने, 'आज अध्यक्ष प्रचण्डले उहाँलाई भेटेर पर्सि २७ गते बैठक बस्न र बैठकमा आउन अनुरोध गर्नुभएको छ । तर उहाँ (ओली) पर्सिको बैठक बस्ने कुरामा पनि सहमति जनाइसक्नु भएको छैन । उहाँले बैठकमा सहमति जनाउनु हुनेछ । सहमतिमै बैठक बस्ने आशा गरौं ।’ यसअघि कात्तिक २१ मा सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठक धुम्बाराहीमा बसेको थियो । उक्त बैठकमा औपचारिक बैठकको सहमतिका लागि अध्यक्ष ओलीलाई लिखित पत्रसहित सामूहिक भेटेर आग्रह गर्ने निर्णय भएको थियो । सोही निर्णय अनुसार कात्तिक २२ मा अध्यक्ष प्रचण्डसहितका ५ नेताले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई दुई पेज लामो पत्र बुझाउँदै दुई दिनभित्र सचिवालयको बैठकका लागि सहमति दिन प्रधानमन्त्री ओलीलाई समय दिएका थिए । तर, यो बीचमा प्रधानमन्त्री ओली बैठकका लागि तयार नभएपछि प्रचण्डले फेरि ओलीलाई भेटेर बिहीबार सचिवालयको बैठक प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा ओलीले सहमति नजनाएपछि प्रचण्ड सहित धुम्बाराहीमा सचिवालयका बहुमत सदस्यबीच छलफल गरेका थिए । बिहीबारको बैठकमा ओली नआए पनि बहुमत सदस्यबीच बैठक बस्ने तयारी भएको छ । धुम्बाराहीको अनौपचारिक छलफलमा प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहभागी थिए ।

images
प्रकाशित मिति :कार्तिक २५, २०७७ मंगलवार - २०:३४:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology