Logo

सोमवार, श्रावण २५ गते २०८३

images

तास खेलिरहेको अवस्थामा २३ जुवाडे पक्राउ

तास खेलिरहेको अवस्थामा २३ जुवाडे पक्राउ

दैनिकी न्यूज

२६, कार्तिक २०७७
तास खेलिरहेको अवस्थामा २३ जुवाडे पक्राउ
images

काठमाडौं । तास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लमजुङ, मध्यनेपाल नगरपालिका–१ सरेदीस्थित कृषि फर्ममा तास खेलिरहेको अवस्थामा सुन्दरबजार नगरपालिका(९ बस्ने ५० वर्षीय राम बहादुर गुरुङ लगायत १३ जनालाई नगद ११ लाख ४७ हजार ८ सय ४२ रुपैयाँ, ३ गड्डी तास र ३ सय १५ पत्ती खुल्ला तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त फर्ममा तास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर जुवा सम्बन्धि कसुर अन्तरगत आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

धनुषा, जनकपुर उपमहानगरपालिका–२ बस्ने बेचु ठाकुरको घरमा तास खेलिरहको अवस्थामा सोही उपमहानगरपालिका–११ बस्ने ३५ वर्षीय शुसिल साह लगायत २ जनालाई नगद १ लाख ४५ हजार ४ सय ३० रुपैयाँ र १० बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गर्नुका साथै हाल फरार रहेका अन्य व्यक्तिहरुको खोजी गरिरहेको छ ।

नवलपरासी (पूर्व), कावासोती नगरपालिका–१५ बस्ने मिनराज महत्तोको घरमा तास खेलिरहेको अवस्थामा देवचुली नगरपालिका–११ बस्ने ३६ वर्षीय लिला बहादुर राना लगायत ८ जनालाई नगद १ लाख ८६ हजार ९ सय ५ रुपैयाँ, १२ हजार रुपैयाँ लेखिएको १ थान चेक, १ सय ३० भारतीय रुपैयाँ र ३ बुक तास सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कोल्हुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

images
प्रकाशित मिति :कार्तिक २६, २०७७ बुधवार - १३:२०:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology