Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

काठमाडौँको कलङ्कीमा दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौँको कलङ्कीमा दुर्घटना, तीन जनाको मृत्यु

दैनिकी न्यूज

२७, कार्तिक २०७७
काठमाडौँको कलङ्कीमा दुर्घटना, तीन जनाको मृत्यु
images

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १४ स्थित कलङ्कीमा आज बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् ।

बिहान करिब ३ः२५ बजेको समयमा रोकिराखेको बा ३ ख ७५३० नंको ट्रकलाई बल्खुबाट सीतापाइला जाँदै गरेको कुखुरा बोक्ने बा ५ ख ८८६५ नंको अर्को ट्रकले ठक्कर दिँदा उक्त घटना भएको हो ।

उक्त घटनामा परी कुखुरा बोक्ने ट्रकमा सवार नुवाकोटका २४ वर्षीय रोशन तामाङ, २७ वर्षीय भूपेन्द्र तामाङ र ३७ वर्षीय माधव घिमिरेको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

दुर्घटनापछि गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि शहीद मेमोरियल अस्पताल कलङ्की लगिएकामा उपचारका क्रममा ४ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनका अनुसार नुवाकोटकै २१ वर्षका रोहन तामाङ र २४ वर्षका विजय तामाङ घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक सहचालकले चलाएको जानकारीमा आएकाले घटनाको थप अनुसन्धान भइरहेको प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । रासस

images
प्रकाशित मिति :कार्तिक २७, २०७७ बिहिवार - ०९:२७:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology