Logo

आइतवार, श्रावण २४ गते २०८३

images

काठमाडौँको कलङ्कीमा दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौँको कलङ्कीमा दुर्घटना, तीन जनाको मृत्यु

दैनिकी न्यूज

२७, कार्तिक २०७७
काठमाडौँको कलङ्कीमा दुर्घटना, तीन जनाको मृत्यु
images

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १४ स्थित कलङ्कीमा आज बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् ।

बिहान करिब ३ः२५ बजेको समयमा रोकिराखेको बा ३ ख ७५३० नंको ट्रकलाई बल्खुबाट सीतापाइला जाँदै गरेको कुखुरा बोक्ने बा ५ ख ८८६५ नंको अर्को ट्रकले ठक्कर दिँदा उक्त घटना भएको हो ।

उक्त घटनामा परी कुखुरा बोक्ने ट्रकमा सवार नुवाकोटका २४ वर्षीय रोशन तामाङ, २७ वर्षीय भूपेन्द्र तामाङ र ३७ वर्षीय माधव घिमिरेको मृत्यु भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

दुर्घटनापछि गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि शहीद मेमोरियल अस्पताल कलङ्की लगिएकामा उपचारका क्रममा ४ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनका अनुसार नुवाकोटकै २१ वर्षका रोहन तामाङ र २४ वर्षका विजय तामाङ घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक सहचालकले चलाएको जानकारीमा आएकाले घटनाको थप अनुसन्धान भइरहेको प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । रासस

images
प्रकाशित मिति :कार्तिक २७, २०७७ बिहिवार - ०९:२७:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology