काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (बिहीबार) घटेको छ । बुधबार सुनको मूल्य तोलामा ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार २०० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २२० रुपैयाँ रहेको महासंघले जनाएको छ ।