Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पाँच लाखसहित २४ जुवाडे पक्राउ

पाँच लाखसहित २४ जुवाडे पक्राउ

दैनिकी न्यूज

२७, कार्तिक २०७७
पाँच लाखसहित २४ जुवाडे पक्राउ
images

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले रु पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ ।

उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो ।

स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए । रासस

images
प्रकाशित मिति :कार्तिक २७, २०७७ बिहिवार - ११:२४:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology