Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, ३४ घाइते

बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, ३४ घाइते

दैनिकी न्यूज

२८, कार्तिक २०७७
बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, ३४ घाइते
images

बैतडी । बिहीबार राति बैतडीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् ।

बैतडीको डिलाशैनी–१ गन्‍नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको पवनदूत यातायातको यात्रुवाहक बस बिहीबार राति बैतडीको पाटन–८ खोड्पेमा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा ७ जना पुरुष र २ जना महिला रहेको प्रहरीले जनाएको छ । ८ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा डडेलधुरा लैजाने क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७७ शुक्रवार - ०७:०३:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology