Logo

आइतवार, श्रावण २४ गते २०८३

images

भाइटीकाको उत्तम साइत तोकियो, मंसिर १ मै हुनुको यस्तो छ कारण

भाइटीकाको उत्तम साइत तोकियो, मंसिर १ मै हुनुको यस्तो छ कारण

दैनिकी न्यूज

२९, कार्तिक २०७७
भाइटीकाको उत्तम साइत तोकियो, मंसिर १ मै हुनुको यस्तो छ कारण
images

काठमाडौं । यस वर्ष भाइटीकाको उत्तम साइत मंसिर १ गते सोमबार बिहान ११ बजेर ३७ मिनेटमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार कात्तिक शुल्क पक्ष द्वितीया सोमबार बिहान ९ बजेर १२ मिनेटबाट सुरु भई २ गते मंगलबार बिहान ७ बजेर ८ मिनेटसम्म रहेको छ तर मध्याह्नकालमा भाइटीका लगाउनुपर्ने धर्मशास्त्रको नियम भएकाले १ गते नै साइत राखिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले दिए । उनका अनुसार शनिबार चतुर्दशी र औंसी एकै दिन परेको छ । शुक्रबार मध्यरातदेखि शनिबार दिउँसो १ बजेर ४९ मिनेटसम्म चतुर्दशी तिथि रहेको र आइतबार बिहान ११ बजेर २७ मिनेटसम्म औंसी देखिएको ढुंगेलले बताए । चतुर्दशी तिथिमा पर्ने कर्म बिहान गर्ने चलन रहेकाले प्रायले कुकुर तिहार शनिबार बिहान मनाएका छन् । लक्ष्मीपूजा बेलुका गर्ने चलन रहेकाले शनिबार बेलुका लक्ष्मीको पूजा गरिएको छ । प्रतिपदा भने आइतबार बिहान ११ बजेर २७ मिनेटबाट सोमबार बिहान ९ बजेर १२ मिनेटसम्म देखिएको छ । गोवद्र्धन पूजा भने १२ बजेभित्र सम्पन्न गर्नसके उचित हुने र प्रतिपदाको साँझ नेवार समुदायले ‘म्ह: पूजा’ गर्न सक्ने उनले बताए । म्ह: पूजाको साइत आइतबार बेलुका ७ बजेर ८ मिनेटदेखि ९ बजेर २२ मिनेटसम्म रहेको पाटनका विभिन्न जातीय समाज र गोल्डेन टेम्पलका पुरोहितहरूले निकालेका छन् । प्राय: नेवार समुदायले भाइटीका बेलुका गर्ने भएकाले आइतबार बेलुका ७ बजेर ५ मिनेटदेखि ९ बजेर १८ मिनेटसम्म साइत परेको पाटनका ताम्राकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्राकारले बताए ।

images
प्रकाशित मिति :कार्तिक २९, २०७७ शनिवार - २३:३०:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology