Logo

आइतवार, श्रावण २४ गते २०८३

images

१ लाख १७ हजारसहित १२ जुवाडे पक्राउ

१ लाख १७ हजारसहित १२ जुवाडे पक्राउ

दैनिकी न्यूज

३०, कार्तिक २०७७
१ लाख १७ हजारसहित १२ जुवाडे पक्राउ
images

बारा । बारा प्रहरीले जुवा खेलेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ । जिल्लाको करैयामाई गाउँपालिका १ जब्दी टोलबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी निरीक्षक शेखर कुमार साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले १२ जना जुवाडेसहित १ लाख १७ हजार रुपैयाँ र १६ थान कौडा समेत बरामद गरेको छ ।

विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारबाही हुने मिश्रको भनाई छ ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७७ आइतवार - ०७:००:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology