Logo

आइतवार, श्रावण २४ गते २०८३

images

खुल्ने भए विद्यालय, यस्तो छ सरकारले तयार पारेको ढाँचा

खुल्ने भए विद्यालय, यस्तो छ सरकारले तयार पारेको ढाँचा

दैनिकी न्यूज

२, मंसिर २०७७
खुल्ने भए विद्यालय, यस्तो छ सरकारले तयार पारेको ढाँचा
images

काठमाडौं । सरकारले कोरोना जोखिम नभएका र जोखिम कम हुँदै गएका जिल्लाका विद्यालयहरू आलोपालो सिफ्ट प्रणालीबाट खोल्न दिने निर्णय गरेको छ। लामो समयदेखि स्कुल बन्द हुँदा पठनपाठन प्रभावित हुन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्याढाँचा २०७७’ जारी गरी स्थानीय तहमार्फत विद्यालय सञ्चालन गर्न स्वीकृति दिएको हो। अब विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहले पाएको छ। ‘मन्त्रिपरिषदको मिति २०७७/६/२२ को निर्णयबाट कोभिड–१९ को जोखिम नभएका र जोखिम कम हुँदै जाने स्थानीय तहमा आलोपालो सिफ्ट लगायतका उपयुक्त मोडालिटी अपनाई विद्यालय पठनपाठन सञ्चालन गर्न गराउन सैद्धान्तिक स्वीकृति दिइएको छ’ कार्या ढाँचामा भनिएको छ। मन्त्रालयले विद्यालय सञ्चालन र २०७६ चैत्रमा स्थगित भएको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (कक्षा १२)को पूर्णरूपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विधि,पद्धति र प्रक्रिया र अन्य आवश्यक व्यवस्था मिलाई सञ्चालन गर्न पनि कार्यढाँचामार्फत अनुमति दिएको छ। कार्याढाँचाअनुसार विद्यालय बन्द गर्ने अवस्था आएमा विद्यालयले बन्द गर्नुपर्नेछ। विद्यालय सञ्चालन गर्नुपूर्व अघि जनप्रतिनिधि, शिक्षाविद, शिक्षक, प्राध्यापक स्कुलको छाता संगठनका पदाधिकारी, अभिभावक संघले समिक्षा गर्नुपर्ने छ। स्कुल सञ्चालनको लागि विद्यालयले कुन मोडालिटीबाट चलाउने भनी स्थानीय तहमा प्रस्ताव माग गर्नुपर्ने छ। सरकारले सबै स्थानीय तहलाई विद्यालयलाई क्वारेन्टाइनस्थल वा आइसोलेसन सेन्टरको रुपमा प्रयोग गरेका विद्यालयहरु भए क्वारेन्टाइन वा आइसोलेसनसम्बन्धी कार्यहरु हटाई विद्यालय भवन र परिसर निर्मलीकरण गर्न पनि निर्देशन दिएको छ। त्यस्तै, स्थानीय तहले अपाङ्गता भएका तथा विशेष आवश्यकता भएका बालबालिकाको सवालमा अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्था र अभिभावकहरुसँग समन्वय र सहकार्य गर्ने प्रवन्ध मिलाउनुपर्न र अपाङ्गता भएका तथा अति विपन्न परिवारका बालबालिकाका लागि विशेष सुविधा,उपचारात्मक शिक्षण,दिवा खाजा लगायत स्वस्थापन गर्नुपर्ने कार्याढाँचामा उल्लेख गरिएको छ। ‘स्थानीय तहले अपाङ्गता भएका बालबालिकाहरुलाई तत्काल विद्यालयमा ल्याउन सम्भव नभएको खण्डमा वैकल्पिक शिक्षण सिकाई (घरमा अध्यय गर्ने वातावरण)को व्यवस्था मिलाउनुपर्ने छ।’ कार्याढाँचामा भनिएको छ। कार्याढाचामा विद्यालय आउने बालबालिका, शिक्षक तथा विद्यालय कर्मचारीहरुमा स्वास्थ्य सम्बन्धी कुनै समस्या पैदा भएमा वा कोभिड– १९ का लक्षणहरुसँग मिल्दा जुल्दा लक्षणहरु देखा परेमा विद्यालयले तत्काल स्थानीय तह,अभिभावक वा घरपरिवारलाई जानकारी गराउनुपर्ने उल्लेख छ। यसरी सञ्चालनमा आउने छन् स्कुल कार्याढाँचाको भौतिक सुविधा तथा बसाई व्यवस्थापनको तयारी सम्बन्धको (क) अनुसार सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गरिने छ। अलग–अलग समय(सिफ्ट) अलग –अलग कक्षा वा तह सञ्चालन हुनेछ। विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधि-घण्टी छोट्याइने छ। कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरू कक्षा सञ्चालन हुनेगरी पालैपालो कक्षा सञ्चालन हुने छ। हप्तामा केही दिन, दिनमा केही घण्टा सञ्चालन हुने छ। यी सबै विकल्पलाई स्थानीय तहले प्रयोग गरी कार्यन्वयन गर्ने गराउनुपर्ने कार्याविधिमा उल्लेख छ।

images
प्रकाशित मिति :मंसिर २, २०७७ मंगलवार - १४:३४:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology