Logo

आइतवार, श्रावण २४ गते २०८३

images

त्रिविद्वारा स्नातक तहको परीक्षा तालिका प्रकाशित (तालिकासहित)

त्रिविद्वारा स्नातक तहको परीक्षा तालिका प्रकाशित (तालिकासहित)

दैनिकी न्यूज

४, मंसिर २०७७
त्रिविद्वारा स्नातक तहको परीक्षा तालिका प्रकाशित (तालिकासहित)
images

त्रिभुवन विश्वविद्यालयले स्नातक तहको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ ।

गएको वैशाखमै हुनुपर्ने परीक्षा कोरोना भाइरसको कारण स्थगित भएको थियो । स्थगित परीक्षा मंसिर २८ गतेदेखि सुरु गर्ने गरी नयाँ तालिका सार्वजनिक भएको हो । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा लिने र नतिजा प्रकाशन गर्ने विश्वविद्यालयको तयारी छ । विश्वविद्यालयले व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

चैतअघि नै नतिजा निकाल्ने र पास हुने विद्यार्थी स्नातकोत्तर तहमा भर्ना हुन पाउने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले कोरोना सङ्क्रमित विद्यार्थीको परीक्षा अरु विद्यार्थीको तुलनामा १५ मिनेटपछि सुरु गर्ने र अरु विद्यार्थीको परीक्षा सकिएको १५ मिनेटपछि सक्नेगरी तयारी गरेको छ । त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा एक लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।                 

तालिका https://tuexam.edu.np/view-notice-details.MjQz?fbclid=IwAR1v1HUeUtvqxCKBzSUtoXE9Ayag6oxRmfpk7JP4Shyqpc4fh8YTsR1-_WE

images
प्रकाशित मिति :मंसिर ४, २०७७ बिहिवार - १०:४५:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology