Logo

आइतवार, श्रावण २४ गते २०८३

images

यसरी हुन्छ नेपालमा पेट्रोल चोरी

यसरी हुन्छ नेपालमा पेट्रोल चोरी

दैनिकी न्यूज

४, मंसिर २०७७
यसरी हुन्छ नेपालमा पेट्रोल चोरी
images

काठमाडौं । नेपालमा नयाँ जुक्ती निकालेर पेट्रोल चोरी भैरहेको पुष्टि भएको छ । इन्धन ढुवानी गर्ने ट्यांकर चालकले नयाँ जुक्ति निकालेर पेट्रोल चोरी गर्ने गरेको तथ्य बिहीबार फेला परेको हो । इन्डियन आयल कर्पोरेसनको बरौनी रिफाइनरीबाट पेट्रोल आयात गरिरहेका ना ७ ख ३६९६ र ना ७ ख २९९५ का ट्यांकरमा फल्स चेम्बर (पार्टिसन) बनाई पेट्रोल चोरी गरेको भेटिएको हो । एक महिनायता चालकका गतिविधि शंकास्पद देखिएपछि निगमले निगरानी बढाएको थियो । आयातित इन्धन निगमको डिपोमा झार्नुपर्छ । बरौनीबाट करिब दुई सय ट्यांकरले पेट्रोल ढुवानी गर्दै आएका छन् । एउटा ट्यांकरले एक महिनामा चार टीप गर्छन् । दुई वटा ट्यांकरबाट करिब आठ हजार लिटर चोरीको आशंका गरेर निगमले अध्ययन थालेको थियो । दुई ट्यांकर शंकाको घेरामा परेपछि बिहीबार नै केन्द्रीय कार्यालयबाट निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल, गुणस्तर तथा नापतौल विभागका महानिर्देशक बिश्वबाबु पुडासैनीसहितका प्राविधिक कर्मचारी ट्यांकरको परीक्षण गर्न थानकोट पुगेका थिए । सोही क्रममा दुवै ट्यांकरमा पार्टिसन गरेको भेटिएको थियो । सामान्यतया ट्यांकरमा २० हजार लिटर इन्धन अट्ने विभागका महानिर्देशक पुडासैनीले बताए । त्यसमा चार हजार लिटरका दरले पाँच वटा चेम्बर हुन्छन्

images
प्रकाशित मिति :मंसिर ४, २०७७ बिहिवार - २१:३६:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology