ललितपुर । ललितपुर महानगरपालिका वडा नंं. १४ थसिखेलस्थित उत्तम बहादुर कार्कीको महालक्ष्मी अटो वर्कसपमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६० वर्षीय राजकुमार महत लगायत ९ जनालाई नगद १ लाख १३ हजार ३ सय ५५ रुपैयाँ र ४ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोवाटोबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको डिएसपी मित्रबन्धु शर्माको भनाई छ । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।