Logo

सोमवार, श्रावण २५ गते २०८३

images

वामदेव गौतमले फेरि कित्ता परिवर्तन गरेका हुन् ?

वामदेव गौतमले फेरि कित्ता परिवर्तन गरेका हुन् ?

दैनिकी न्यूज

६, मंसिर २०७७
वामदेव गौतमले फेरि कित्ता परिवर्तन गरेका हुन् ?
images

दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने दाबी गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाद्वारा शनिबार आयोजित भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिए । ‘म कुनै गुटमा छैन, म सधैँ गुटको विपक्षमा हुन्छु,’ उनले भने, ‘मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।’ पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको उनको भनाइ छ । उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यही कार्यसूचीका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताए । उनले पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने बताए । गौतमले मुलुक समृद्धिको मार्गमा अघि बढेको र सरकारले घोषणपत्रअनुसार काम गर्नुपर्नेमा जोड दिए । रासस

images
प्रकाशित मिति :मंसिर ६, २०७७ शनिवार - १९:४३:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology