Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बिएडको परीक्षा केन्द्र तोकियो, कसको सेन्टर कहाँ पर्‍यो ?

बिएडको परीक्षा केन्द्र तोकियो, कसको सेन्टर कहाँ पर्‍यो ?

दैनिकी न्यूज

६, मंसिर २०७७
बिएडको परीक्षा केन्द्र तोकियो, कसको सेन्टर कहाँ पर्‍यो ?
images

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले  बिएड प्रथम र छैठौं सेमेस्टरको परीक्षा सम्बन्धित क्याम्पसमै होम सेन्टर राखेर गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षा संकाय, परीक्षा नियन्त्रण महाशाखाले काठमाडौं उपत्यका बाहिर ‘होम सेन्टर’मा परीक्षा सञ्चालन गर्न लागेको हो । काठमाडौं उपत्यकाका लागि भने ताहचालस्थित महेन्द्ररत्न क्याम्पस, कुलेश्वरस्थित जनमैत्री क्याम्पस र भक्तपुरस्थित सानोठिमी क्याम्पसलाई केन्द्र तोकिएको छ । बीएड प्रथम सेमेस्टरको १७ पुस र छैठौं सेमेस्टरको परीक्षा २० पुसदेखि सुरू हुँदैछ । परीक्षा नियन्त्रण महाशाखाका अनुसार एमएड दोस्रो सेमेस्टरको परीक्षा ३० मंसिरबाट सुरू हुँदैछ । कोरोनाको कारण गत चैतमा स्थगित भएको खुल्ला तथा दुर सिकाइ समेतको परीक्षा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न लागेको महाशाखाले जनाएको छ । एमएड परीक्षा केन्द्र केही दिनमा निर्धारण हुने परीक्षा नियन्त्रण महाशाखाले जनाएको छ ।  

images
प्रकाशित मिति :मंसिर ६, २०७७ शनिवार - २०:४७:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology