Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा २४ जुवाडे पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २४ जुवाडे पक्राउ

दैनिकी न्यूज

७, मंसिर २०७७
जुवातास खेलिरहेको अवस्थामा २४ जुवाडे पक्राउ
images

काठमाडौं । प्रहरीले तनहुँ र मोरङबाट जुवातास खेलीरेको अवस्थामा २४ जुवाडेलाई पक्राउ गरेको छ ।

तनहुँ, ब्यास नगरपालिका वडा नं. १३ बेलबासस्थित बलराम रानाको घरमा तास खेलिरहेका राना समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई २ सय ७० पत्ती तास र नगद २६ हजार २ सय ७५ रुपैयाँ सहित पक्राउ गरेको हो ।

मोरङ, रतुवामाई नगरपालिका वडा नं. ८ सिक्किमे टोल बस्ने ३५ वर्षीय सागर गडतौलाको घरमा जुवातास खेलिरहेका गडतौला समेत १६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले नगद १ लाख ६९ हजार ६ सय ९५ रुपैयाँ, १ बुक तास, १६ थान कौडा, १७ थान मोबाइल र उनीहरु सवार सवारी साधन समेत बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो ।

images
प्रकाशित मिति :मंसिर ७, २०७७ आइतवार - ०७:१७:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology