Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा २४ जुवाडे पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २४ जुवाडे पक्राउ

दैनिकी न्यूज

७, मंसिर २०७७
जुवातास खेलिरहेको अवस्थामा २४ जुवाडे पक्राउ
images

काठमाडौं । प्रहरीले तनहुँ र मोरङबाट जुवातास खेलीरेको अवस्थामा २४ जुवाडेलाई पक्राउ गरेको छ ।

तनहुँ, ब्यास नगरपालिका वडा नं. १३ बेलबासस्थित बलराम रानाको घरमा तास खेलिरहेका राना समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई २ सय ७० पत्ती तास र नगद २६ हजार २ सय ७५ रुपैयाँ सहित पक्राउ गरेको हो ।

मोरङ, रतुवामाई नगरपालिका वडा नं. ८ सिक्किमे टोल बस्ने ३५ वर्षीय सागर गडतौलाको घरमा जुवातास खेलिरहेका गडतौला समेत १६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले नगद १ लाख ६९ हजार ६ सय ९५ रुपैयाँ, १ बुक तास, १६ थान कौडा, १७ थान मोबाइल र उनीहरु सवार सवारी साधन समेत बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो ।

images
प्रकाशित मिति :मंसिर ७, २०७७ आइतवार - ०७:१७:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology