Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मौसम पूर्वानुमानः हल्का वर्षा र हिमपात

मौसम पूर्वानुमानः हल्का वर्षा र हिमपात

दैनिकी न्यूज

८, मंसिर २०७७
मौसम पूर्वानुमानः हल्का वर्षा र हिमपात
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै आज देशको पश्चिम क्षेत्रका हिमाली भेगमा पश्चिमी वायुको प्रभाव देखिए जनाएको छ ।

महाशाखाले हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यता सफा रहेको जानकारी दिएको छ ।

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
 मंसिर ८ गते (सोमबार)

दिउँसो : सुदूर पश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती :  सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंसिर  गते (मंगलबार)

दिउँसो : सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम, कर्णाली र गण्डकीको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : सुदूर पश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा सामान्य बदली र तराइ भूभागमा आंशिक बदली रही वाँकी प्रदेशका पहाडी भू-भागमा समेत आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 मंसिर १० गते (बुधबार)

दिउँसो : वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक वदली रहनेछ। वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

images
प्रकाशित मिति :मंसिर ८, २०७७ सोमवार - ०७:१६:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology