काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ ।
बैंकको ८ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २३२ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २५१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
बैंकको कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १४ औं वार्षिक साधारण सभा मंसिर २० गते हुँदैछ ।