Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

शुक्रबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

१२, मंसिर २०७७
शुक्रबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको भाउ घटेको छ । बिहीबारको तुलनामा शुक्रबार तोलामा २०० रुपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रति तोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर बिहीबार सुन प्रति तोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघकाअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । बिहीबारको तुलनमा आज प्रति तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर १२, २०७७ शुक्रवार - १०:५६:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology