Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ओलीलाई पन्छाएर जाने तयारीमा प्रचण्ड

ओलीलाई पन्छाएर जाने तयारीमा प्रचण्ड

दैनिकी न्यूज

१३, मंसिर २०७७
ओलीलाई पन्छाएर जाने तयारीमा प्रचण्ड
images

काठमाडौं । सत्तारुढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आ आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन्। यसैक्रममा इटहरीमा आयोजित दाहाल९नेपाल पक्षीय भेलाले अबको लडाई वारपार गर्ने खालको हुनुपर्ने निचोड निकालेका छन्।

इटहरीको एक होटलमा मोरङ जिल्लाभरीका प्रदेश कमिटी सदस्यसँगै जिल्लाका अगुवा नेता सहभागी भेलाले अध्यक्ष एवं प्रधानमन्त्री ओली असहिष्णु बन्दै गएको र फरक मत राख्नेप्रति अनुदार भएकाले अब मिलेर जान नसक्ने निचोड निकालेको छ।

भेलाले ओली पक्षलाई कित्ताकाट गरेरै अघि बढ्नुपर्ने र कुनै हालतमा उनीसँग मिलेर जान नसकिने निष्कर्ष निकालेको एक नेताले बताए। आजको नागरिक दैनिकबाट

images
प्रकाशित मिति :मंसिर १३, २०७७ शनिवार - ०६:४८:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology