Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुनचाँदीको भाउमा लगातार गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

सुनचाँदीको भाउमा लगातार गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

दैनिकी न्यूज

१४, मंसिर २०७७
सुनचाँदीको भाउमा लगातार गिरावट, कतिमा हुँदैछ आज कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ घटेको छ । शुक्रबारको तुलनामा आज (आइतबार) तोलामा ६०० रुपैयाँले घटेको छ । शुक्रबार तोलामा २०० रुपैयाँले घटेर कारोबार भएको थियो ।

आज छापावाल सुन प्रति तोला ९० हजार ७०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर शुक्रबार सुन प्रति तोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघकाअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । शुक्रबारको तुलनमा आज प्रति तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । तर शुकरुबार चाँदी प्रति तोला ११ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :मंसिर १४, २०७७ आइतवार - १०:५४:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology