Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पिकअप दुर्घटना : दुईको मृत्यु, दुई घाइते

पिकअप दुर्घटना : दुईको मृत्यु, दुई घाइते

दैनिकी न्यूज

१६, मंसिर २०७७
पिकअप दुर्घटना : दुईको मृत्यु, दुई घाइते
images

इलाम । इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको छ ।

मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ ।

इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ । को२च १५ नंको पिकअप तरकारी बोकेर झापातर्फ जाँदै गरेको थियो । रासस

images
प्रकाशित मिति :मंसिर १६, २०७७ मंगलवार - ०९:००:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology