Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार बढ्यो सुनको भाउ !

मंगलबार बढ्यो सुनको भाउ !

दैनिकी न्यूज

१६, मंसिर २०७७
मंगलबार बढ्यो सुनको भाउ !
images

काठमाडौं । आज सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार ५०० रुपैयाँले वृद्धि भई ९० हजार ५०० रुपैयाँ पुगेको छ ।

त्यसैगरी सोमबार प्रतितोला रु ८९ हजार ५५० मा कारोवार भएको तेजाबी सुनको भाउ आज भने रु ९० हजार ५० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन पनि प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको हो । यस्तै चाँदी प्रतितोला र एक हजार १५५ रुपैयाँमा कारोबार भएको छ । सोमबार प्रतितोला एक हजार १२० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार भने तोलामा ३५ रुपैयाँले बढेर कारोबार भएको छ ।

images
प्रकाशित मिति :मंसिर १६, २०७७ मंगलवार - ११:२०:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology