यस्तै, ग्रीन डेभलपमेन्ट बैंक ७. ७३, नेपाल बंगलादेश बैंक ५. ६८, बोटलर्स नेपाल तराई ५. ३२, मल्टिपर्पोज फाइनान्स ५. ११ र साल्ट टेडिङ कर्पोरेसनका लगानीकर्ताले ४. ५० प्रतिशतले गुमाए।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सामान्य सामान्य अंकले बढेको छ । आज नेप्सेमा ३ दशमलव ३५ अंकले बढेर २ हजार दशमलब ४० विन्दुमा पुगेको छ ।
कुल १९७ कम्पनीको ७ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ करोड ८५ लाख ७६ हजारभन्दा बढी कित्ता कारोबार भएका छन् ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको शेयर घटेको छ ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ६५ करोड ७९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको ४४ करोड ३६ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३३ करोड ९० लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको २५ करोड २६ लाख रुपैयाँ, प्रभु बैंकको २० करोड ८५ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको २० करोड ३७ लाख रुपैयाँ, नबिल बैंकको २० करोड ११ लाख रुपैयाँ, नेको इन्सुरेन्सको १९ करोड १३ लाख रुपैयाँ, एनसीसी बैंकको १८ करोड ५४ लाख रुपैयाँ र नेपाल बैंकको १७ करोड ३५ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
आज ५ वटा कम्पनीहरुको शेयर पोजेटिभ सर्किट लागेर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर, अपर तामाकोशी हाइड्रोपावर, सान्जेन जलविद्युत कम्पनी लिमिटेड र नेपाल टेलिकमको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
यस्तै, ग्रीन डेभलपमेन्ट बैंक ७. ७३, नेपाल बंगलादेश बैंक ५. ६८, बोटलर्स नेपाल तराई ५. ३२, मल्टिपर्पोज फाइनान्स ५. ११ र साल्ट टेडिङ कर्पोरेसनका लगानीकर्ताले ४. ५० प्रतिशतले गुमाए।