काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले गतआव २०७६–७७ को मुनाफाबाट बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
हाल उक्त कम्पनीको चुक्तापूँजी २७ करोड ७८ लाख ४८ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा बोनस वितरण गर्ने तयारी कम्पनीको हो ।
उक्त कम्पनीले नागरिक लघुवित्त वित्तीय संस्थासँग मर्जर गरी एकीकृत कारोबार गरिसकेकाले आयकर ऐन बमोजिम बोेनस शेयरमा लाग्ने कर भने यो वर्ष शेयरधनीहरुले छूट पाउने छन् ।