काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (बुधबार) बढेको छ । मंगलबार सुनको मूल्य ९० हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सुनको भाउ तोलामा ५ सयले बढेको थियो ।
महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार कायम गरिएको छ भने तेजावी सुनको भाउ ९० हजार ५५० निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको भाउ प्रतितोला ११ सय ८५ रहेको महासंघले जनाएको छ ।