हुम्ला । बोलेरो जीप दुर्घटनामा परी हुम्लाको सिमकोट गाउपाँलिका वडा नं. ७ डाँडाफयामा ४ जनाको मृत्यु भएको छ, भने सातजना घाइते भएका छन् ।
गएराति लु २ च २१०२ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यू भएको हो । जीप सडकबाट झण्डै ६ सय मिटर तल खसेको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा एक महिला र तीनजना पुरुषको मृत्यु भएको बताए । मृतकको सनाखत हुन नसकेको प्रहरीको भनाइ छ ।