Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शेयर बजारमा पहिरो

शेयर बजारमा पहिरो

दैनिकी न्यूज

२१, मंसिर २०७७
शेयर बजारमा पहिरो
images

काठमाडौं । आज कारोबार सकिन ४७ मिनेट बाँकी रहँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ६ प्रतिशतको पहिरो गएपछि कारोबार स्थगन गरेको हो। आज बाँकी अवधिका लागि कारोबार हुने छैन।

परिसूचक आज १२३ दशमलव ३४ अंकको गिरावटका साथ १९ सय ३२.११ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २१.६२ अंकले गिरावट आउँदै ३७०.६७ को विन्दुमा सीमित बनेको छ। आज १९७ कम्पनीका १ करोड ५४ लाख ९० हजार ७६ कित्ता सेयर ७ अर्ब २० करोड ९१ लाख ८० हजार २१३ रुपैयाँमा कारोबार भएको छ।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये निर्जीवन बीमा समूहमा सर्वाधिक ५६९.२५ अंकको गिरावट आएको छ।

यो दिन १२ वटा कम्पनीका सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ।

images
प्रकाशित मिति :मंसिर २१, २०७७ आइतवार - १४:३४:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology