Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्रचण्डको एकल अध्यक्षतामा बस्यो स्थायी समिति बैठक, कस्तो अवस्थामा छ नेकपा ?

प्रचण्डको एकल अध्यक्षतामा बस्यो स्थायी समिति बैठक, कस्तो अवस्थामा छ नेकपा ?

दैनिकी न्यूज

२१, मंसिर २०७७
प्रचण्डको एकल अध्यक्षतामा बस्यो स्थायी समिति बैठक, कस्तो अवस्थामा छ नेकपा ?
images

सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक कार्यकारी अध्यक्ष प्रचण्डको एकल अध्यक्षतामा बसेको छ । आइतबारबाट सुरु भएको बैठकमा प्रचण्डले मात्र सम्बोधन गरेका थिए । त्यसपछि स्थायी सदस्य सबैलाई प्रचण्डको राजनीतिक प्रतिवेदन र त्यसको जवाफमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको प्रतिवेदन, पत्रचार अदान-प्रदान सबै वितरण गरेर एक हप्तासम्मलाई स्थगित गरिएको छ । आइतबारबाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठक मंसिर २८ सम्मलाई स्थगित भएको हो । बैठकमा ओली सहभागी भएनन् । तर, ओलीले बैठकलाई सम्बोधन गर्दै पत्र पठाएको देवेन्द्र पौडेलले बताए । उक्त पत्रलाई सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा पढेर सुनाएका थिए । पत्रमा ओलीले पुरानै अडान दोहोर्‍याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रस्ताव पार्टी कमिटीमा छलफलका लागि योग्‍य नभएको भन्दै त्यसको फिर्ताको अडान राखेका छन् । यस्तै, मंसिर २५ गते निर्धारित गरिएको केन्द्रीय कमिटीको बैठक पुस ५ लाई सरेको छ ।

images
प्रकाशित मिति :मंसिर २१, २०७७ आइतवार - १८:३०:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology