Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुर महानगरका मेयरविरुद्ध वडाध्यक्षहरुको मोर्चाबन्दी

ललितपुर महानगरका मेयरविरुद्ध वडाध्यक्षहरुको मोर्चाबन्दी

दैनिकी न्यूज

२१, मंसिर २०७७
ललितपुर महानगरका मेयरविरुद्ध वडाध्यक्षहरुको मोर्चाबन्दी
images

ललितपुर । ललितपुर महानगरपालिका मेयर चिरिवावु महर्जनले एकलौटी निर्णय गर्दै आएको भन्दै उनीविरुद्ध वडाध्यक्षहरुले मोर्चाबन्दी गरेका छन् । आफ्नो बानी नसुधारे मेयरविरुद्ध आन्दोलनमै उत्रिने १८ वडाध्यक्षहरुले चेतावनी दिएका हुन् । कार्यपालिका बोर्डको सदस्य र समितिको निर्णयबिना मेयर महर्जनले मनपरी गर्न थालेकोमा वडाध्यक्ष हरुले आपत्ति जनाएका छन् ।

उनीहरुले मेयर महर्जन विरुद्ध ९ अभियोग लगाएका छन् । महानगरका २९ मध्ये १८ वडा नेकपाका उम्मेदवारले जितेका छन् । उनीहरुले बहुमतलाई अस्वीकार गर्दै मेयरले मनोमानी गर्न थालेको भन्दै बोर्डको बैठकसमेत बहिस्कार गर्ने गरेका छन् ।

मेयर महर्जन विरुद्ध आफू अल्पमतमा पर्ने भएपछि प्रशासकिय अधिकृतलाई साथमा लिएर मनपरी निर्णय गर्ने गरेको आरोप लगाएका छन् । ललितपुर महानगरपालिका १५ का वडाध्यक्ष सुदर्शन मिश्रलेले मेयरले मनपरी निर्णय गर्ने गरेका कारण महानगरका सबै विकास योजना प्रभावित भएको बताए ।

‘मेयर महर्जन कार्यकारी अधिकृतको कानुन विपरीत निर्णय गर्दै आउनुभएको छ, उनले भने । यस्तै बहुमतका निर्णय उल्ट्याउँदै एकलौटी निर्णय गर्न लागेको पनि उनीहरुको आरोप छ । हाल तत्काल बैठक बोलाउन पनि आग्रह गरेका छन् । तत्काल बैठक नबोलाएर आन्दोलन गर्ने चेतावनी दिएका छन् । मेयर महर्जनलाई ९ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै तत्काल सुध्रिन आग्रह गरेका छन्​ ।

यस्तै, नेपाल प्रहरीबाट अवकाश पाएका सीताराम हाथेछुलाई कानुनमै नभएको वरिष्ठ प्रहरी निरीक्षकको नियुक्ति दिएको विषय अहिले ललितपुरमा विवादको विषय बनेको छ । सार्वजनिक खरिद ऐनमा समेत व्यवस्था नभएको वरिष्ठ प्रहरी निरीक्षकको पदमा नियुक्ति गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेका छन् ।

हाछेथूले जनताको सेवामा खटिनुपर्ने नगर प्रहरीलाई बाटो बाटोमा सवारी नियन्त्रणमा खटाएको, करोडौँ राजश्व वक्यौता रहेका ठूला कम्पनीको होडिङ बोर्ड हटाएर आर्थिक अनियमितता गरेको, कार्यपालिकाको निर्णय विपरीत प्रहरीको पोशाक परिवर्तन गरेको, सबै प्रहरीलाई साइकल किन्न लगाएर आर्थिक अनियमितता गरेको आरोप वडाध्यक्षहरुले लगाएका छन् ।

हाछेथुको नियुक्तिको विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरिरहेको छ । यस्तै, कोभिड रोकथाममा खर्च भएको बजेटको हिसाब दिन पनि माग गरिएको वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जनले बताए । बहुमत सदस्यले गरेको निर्णयलाई ठाडै अस्वीकार गर्ने मेयर विरुद्ध बहुमत वडाअध्यक्ष एकजुट भएको उनको भनाइ छ । लोकान्तरबाट

images
प्रकाशित मिति :मंसिर २१, २०७७ आइतवार - २०:१९:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology