काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज घटेको छ । आइतबार सुनको मूल्य ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ ९२ हजार १५० निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १२ सय ५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।