Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौंको ढुङ्गेअड्डामा ठूलो दुर्घटना, सात गाडी क्षतीग्रस्त, एकजनाको मृत्यु

काठमाडौंको ढुङ्गेअड्डामा ठूलो दुर्घटना, सात गाडी क्षतीग्रस्त, एकजनाको मृत्यु

दैनिकी न्यूज

२६, मंसिर २०७७
काठमाडौंको ढुङ्गेअड्डामा ठूलो दुर्घटना, सात गाडी क्षतीग्रस्त, एकजनाको मृत्यु
images

काठमाडौं । काठमाडौंमा शुक्रबार ठूलो दुर्घटना भएको छ । एउटै ट्रकले एकैपटक ७ वटा सवारीसाधनलाई ठक्कर दिएर दुर्घटना भएको हो । काठमाडौंको चन्द्रागिरी नगरपालिका १५ ढुंगेअड्डामा शुक्रबार साँझ सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । थानकोटबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश -२- ०३००१ ख १४२० नम्बरको मालवाहक ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ओखलढुंगा घर भएका अन्दाजी ३० वर्षका शंकर परियार रहेको ट्राफिक प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए । दुर्घटनामा सप्तरीका रञ्जित चौधरी, गणेश शर्मा, साजन खत्री, धादिङका रामचन्द्र सिंखडा, काठमाडौं कलंकीका सुजन मानन्धर, बानेश्‍वरका विशाल श्रेष्ठ र कास्कीका सन्ध्या थिङ घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ । घाइतेहरुलाई अस्पताल लगिएको छ । ट्राफिक प्रहरी निरीक्षक कार्कीका अनुसार ट्रकको ठक्करबाट बा २ ज २०४७ नंको ट्याक्सी, बा ४ च २२१ पिकअप भ्यान, बा ४ ख ३२५२ नम्बरको बस, बा ५१ प ४९५१ नंबरको मोटरसाइकल, प्रदेश ३ -०२००६ प १३४१ को मोटरसाइकल र बा ४७ प २४१५ नंको स्कुटरमा क्षति पुगेको छ । घटनास्थलमा क्रेन लगेर दुर्घटना भएको ट्रक तानिएको छ ।

images
प्रकाशित मिति :मंसिर २६, २०७७ शुक्रवार - २२:५०:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology