ललितपुर । नेपाल पत्रकार महासँघ ललितपुरको एघारौं अधिवेशन सुरु भएको छ । अधिवेशनको नेकपाकी स्थायी समिति सदस्य तथा ललितपुर क्षेत्र नम्बर ३ कि सांसद पम्फा भुसालले उद्घाटन गरिन । ललितपुरको लगनखेलमा रहेको संचयकोष भवनमा अधिवेशन जारी छ । अधिवेशनलाई भर्चुअल रुपमा पनि सहभागी जोडिने ब्यवस्था मिलाइएको छ । जसमा सयजनाभन्दा बढी सहभागी रहेका छन् । अधिवेशनमा नेपाल पत्रकार महासँघका केन्द्रिय उपाध्यक्ष दिलिपकुमार थापा, उपत्यका संयोजक, केन्द्रिय सदस्य लगायत ५० जना पत्रकार सहभागी छन् ।