Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

शनिबार रातिदेखी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

शनिबार रातिदेखी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

दैनिकी न्यूज

२७, मंसिर २०७७
शनिबार रातिदेखी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
images

काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएको छ ।  नेपाल आयल निगमले शनिबार रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढाएको हो ।  इन्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बरमा प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकोले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि तथा निगमको शनिबारको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्य बढाउने निर्णय गरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य अनुसार प्रतिलिटर १ सय ८ र डिजेल र मट्टितेलको ९१ रुपैयाँ कायम गरिएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत राखिएको विज्ञप्तिमा उल्लेख छ ।

images
प्रकाशित मिति :मंसिर २७, २०७७ शनिवार - २२:०७:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology