Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शनिबार रातिदेखी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

शनिबार रातिदेखी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

दैनिकी न्यूज

२७, मंसिर २०७७
शनिबार रातिदेखी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
images

काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएको छ ।  नेपाल आयल निगमले शनिबार रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढाएको हो ।  इन्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बरमा प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकोले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि तथा निगमको शनिबारको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्य बढाउने निर्णय गरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य अनुसार प्रतिलिटर १ सय ८ र डिजेल र मट्टितेलको ९१ रुपैयाँ कायम गरिएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत राखिएको विज्ञप्तिमा उल्लेख छ ।

images
प्रकाशित मिति :मंसिर २७, २०७७ शनिवार - २२:०७:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology