Logo

सोमवार, श्रावण २५ गते २०८३

images

जनउत्थान सामुदायिक लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

जनउत्थान सामुदायिक लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

दैनिकी न्यूज

२८, मंसिर २०७७
जनउत्थान सामुदायिक लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत
images

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतवार) सूचीकृत भएको छ ।

कम्पनीले उक्त बोनस शेयर वापतको १ लाख ५८ हजार ४०० कित्ता शेयर सूचीकृत गराएको हो । यो शेयर सोमवारदेखि धितोपत्र बजारमा कारोबार योग्य हुनेछ । सम्बन्धित् शेयरधनीहरुले भने हितग्राही खातामा शेयर जम्मा भएपश्चात मात्र खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले उक्त बोनस शेयर गत असार २७ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित गराएको थियो । बोनस शेयरको कर प्रयोजनका लागि कम्पनीले सोही सभाबाट १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित भएको थियो । 

images
प्रकाशित मिति :मंसिर २८, २०७७ आइतवार - १४:२१:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology