Logo

आइतवार, श्रावण २४ गते २०८३

images

त्रिविको दीक्षान्त समारोहमा को-को हुन पाउछन् सहभागी ? यी हुन् अवसर पाउने

त्रिविको दीक्षान्त समारोहमा को-को हुन पाउछन् सहभागी ? यी हुन् अवसर पाउने

दैनिकी न्यूज

२८, मंसिर २०७७
त्रिविको दीक्षान्त समारोहमा को-को हुन पाउछन् सहभागी ? यी हुन् अवसर पाउने
images

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले गर्न लागेको दीक्षान्त समारोहमा सिमित संख्या मात्र सहभागी गराउने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले ४६औं दीक्षान्त समारोहमा एमफिल, पीएचडी र विभिन्न विषयमा पदक तथा पुरस्कार प्राप्त विद्यार्थी (गोल्ड मेडलिस्ट)लाई मात्र सहभागी गराउने भएको हो । कोभिड–१९ का कारण भिडभाड हुन नदिन सीमितलाई मात्र औपचारिक समारोहमा सहभागी हुन बोलाएको त्रिविले जनाएको छ । त्रिविको आगामी पुस ६ गते बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय हातामा औपचारिक दीक्षान्त समारोह गर्दैछ । पूर्वराष्ट्रपति डा. रामवरण यादवको समारोहमा प्रमुख आतिथ्य रहनेछ । ‘कोभिड–१९ को विश्वव्यापी प्रकोपका कारण यस वर्षको दीक्षान्त समारोहमा विद्यावारिधि, एमफिल र दीक्षान्त पदक/पुरस्कार प्राप्त गर्ने विद्यार्थीलाई मात्र दीक्षान्त समारोहमा सहभागी गराइने छ,’ नियन्त्रण कार्यालयले भनेको छ, ‘अन्य विद्यार्थीको हकमा यस कार्यालयको काउन्टरबाट आ–आफ्नो गाउन, स्कार्फ, टोपी लिई दीक्षान्त समारोहका भोलिपल्टदेखि प्रमाणपत्र लिन सकिनेछ ।’ त्रिवि सभाले ५६ हजार ७ सय १३ जना दीक्षान्तयोग्य ग्रेस लिस्ट पास गरेको छ । दीक्षान्त समारोहमा सहभागी हुन विद्यार्थीलाई अनलाइनबाट दीक्षान्तको फाराम भराइएको थियो । दीक्षान्तका निम्ति ७ हजार ८७ जनाले फाराम भरेका छन् । साथै ६ हजार अभिभावकसमेत सहभागी हुनेगरी शुल्क बुझाएका छन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीले विगतमा जस्तै दीक्षान्त समारोहको आयोजना गर्दा फाराम भरेका विद्यार्थी र अभिभावकसहित १६ हजार जनाभन्दा बढीको जमघट हुने भएपछि सीमित गरिएको जनाए । एमफिल २५ जना, पीएचडी उपाधिप्राप्त ४१ जना छन् । पदक र पुरस्कार पाउनेसहित ३ सय १६ जना सहभागी रहेकामध्ये ८३ जनामात्र औपचारिक समारोहमा बोलाइएको छ । दीक्षान्तका निम्ति फाराम भरेका तर गाउन, स्कार्फ, टोपी नलिएका र लिएकाले शुल्क फिर्ता पाउने छन् ।

images
प्रकाशित मिति :मंसिर २८, २०७७ आइतवार - १८:२८:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology