Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

दैनिकी न्यूज

२९, मंसिर २०७७
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

तराईका अधिकांश भु–भागहरुमा बिहानीपख वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर २९ गते (सोमबार)

दिउँसो :  प्रदेश नं १ लगायत देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भु-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

राती: प्रदेश नं १ लगायत देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।
मंसिर ३० गते (मंगलबार)

दिउँसो : प्रदेश नं १  लगायत  देशको  अन्य पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

राती:  प्रदेश नं १, लुम्बिनी प्रदेश र बाग्मती प्रदेश लगायत देशको अन्य पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष १ गते (बुधबार)

दिउँसो :  देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

राती:  देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

 

images
प्रकाशित मिति :मंसिर २९, २०७७ सोमवार - ०८:५१:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology