काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको सेयर भोलि (बुधबार) देखि दोस्रो बजारमा कारोबार हुने भएको छ।
भर्खरै आईपीओ निष्कासन गरेको माउन्टेन इनर्जीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज मंगलबार सूचीकरण भएको छ। कम्पनीको प्रतिसेयर अंकित तथा चुक्तामूल्य १०० रुपैयाँ कायम भएको १ करोड ९६ लाख ८० हजार २७० कित्ता साधारण सेयर सूचीकरण भएको हो।
कुनै पनि कम्पनीको साधारण सेयर नेप्सेमा सूचीकरणको भएको दोस्रो दिनबाट धितोपत्र बजारमा कारोबार खुल्छ। सोहीअनुसार अब यो कम्पनीको सेयर पनि भोलिबाट दोस्रो बजारमा कारोबारमा आउने नेप्सेले जनाएको छ।
नेप्सेले माउन्टेन इनर्जीलाई एमईएन कोड प्रदान गरेको छ भने पहिलो कारोबारका निम्ति प्रतिकित्ता रु. ११४.८१ देखि ३४४.४३ सम्म रेञ्ज तोकेको छ।