Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेकपा विवादको असर : प्रधानमन्त्रीले ल्याए अध्यादेश, राष्ट्रपतिद्वारा जारी

नेकपा विवादको असर : प्रधानमन्त्रीले ल्याए अध्यादेश, राष्ट्रपतिद्वारा जारी

दैनिकी न्यूज

३०, मंसिर २०७७
नेकपा विवादको असर : प्रधानमन्त्रीले ल्याए अध्यादेश, राष्ट्रपतिद्वारा जारी
images

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी भएको हो । अध्यादेशले धारा ६ को उपधारा ३ संशोधन गरेको छ । जसअनुसार अब परिषद्का बहुमत सदस्य (अध्यक्ष प्रधानमन्त्रीसहित ३ सदस्य) को उपस्थितिमा बैठक बस्न सक्ने स्रोतले बताएको छ । मंगलबार बिहान बोलाइएको परिषद्को बैठक सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि स्थगित भएको थियो । बैठक मंगलबार नै साँझ ५ बजेलाई बोलाइएको छ । गत वर्षको मंसीर ३ मा पनि मन्त्रिपरिषद्ले संवैधानिक परिषद्का बहुमत सदस्यको उपस्थितिमा निर्णय गर्न सकिने गरी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।

images
प्रकाशित मिति :मंसिर ३०, २०७७ मंगलवार - २०:१२:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology